काठमाडौं — जेन–जेड आन्दोलनको पहिलो दिन नयाँ बानेश्वरस्थित संसद भवनमा कमाण्डरका रूपमा खटिएकी प्रहरी नायब उपरीक्षक (डीएसपी) एलिजा गिरी बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको सचिवालय पुगेकी छन्।

उनसँगै कालिमाटी वृत्तका डीएसपी मधुकुमार थापा पनि आयोगमा उपस्थित भएका छन्। थापा जेन–जेड आन्दोलनका क्रममा घाइते भएका प्रहरी र जिल्ला प्रहरी परिसर सुरक्षामा सक्रिय भूमिका निर्वाह गरेको योगदानका लागि प्रहरी दिवसमा पुरस्कृत भएका थिए।

डीएसपी गिरी भदौ २३ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनको सुरक्षाका लागि खटिएकी थिइन्।साथै उनी थानकोट प्रहरी वृत्त प्रमुख पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय