काठमाडौँ — काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेन–जेड पुस्ताको चाहनालाई प्रहरीले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जेन–जेड आन्दोलनका क्रममा आगजनी भएर क्षतिग्रस्त भएको प्रहरी प्रभाग नयाँ बसपार्कको भवन पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै एआईजी कार्कीले जेन–जेड आन्दोलनको माग आम नागरिकको अपेक्षासँग मेल खाने बताए। उनले प्रहरी संस्था त्यस अपेक्षा पूरा गर्न हरदम तत्पर रहेको उल्लेख गरे।

उनका अनुसार गोँगबु र नयाँ बसपार्क क्षेत्र सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील भएकाले प्रहरीसँगै नागरिकको पनि समान भूमिका आवश्यक छ। “गोँगबु क्षेत्रमा दैनिक आठदेखि १० हजार मानिस आवतजावत गर्छन्। ती सबैको सुरक्षा गर्ने जिम्मेवारी राज्य र नेपाल प्रहरीको हो,” उनले भने। उनका अनुसार जहाँ जनघनत्व र आवतजावत बढी हुन्छ, त्यहाँ अपराध हुने सम्भावना पनि उच्च रहने गर्दछ।

एआईजी कार्कीले जेन–जेड आन्दोलनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालय क्षतिग्रस्त भएको जानकारी दिँदै हालसम्म १८० भवन नागरिकको सक्रियतामा पुनर्निर्माण भइसकेको बताए। नयाँ भवनबाट प्रहरी अझ उच्च मनोबलका साथ जनसेवामा समर्पित हुने उनको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय