
३१ असोज २०८२ — “७०औं प्रहरी दिवस–२०८२” को अवसरमा कर्णाली प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूबीच आ.व. २०८१/०८२ का लागि गरिएको कार्यसम्पादन सम्झौताअन्तर्गतको वार्षिक मूल्याङ्कनमा, कर्णाली प्रदेशका दश जिल्लामध्ये जिल्ला प्रहरी कार्यालय सुर्खेतले उत्कृष्ट अंकका साथ प्रथम स्थान हासिल गर्न सफल भएको छ।
व्यावसायिकता, कार्यदक्षता र कुशल नेतृत्वको उच्च मूल्याङ्कन गर्दै, सो उपलब्धिको सम्मानस्वरूप जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधिर राज शाहीज्यूलाई कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठज्यूले प्रशंसा–पत्र प्रदान गर्नुभएको हो।




