काठमाडौं। राजधानीमा लागुऔषध अपराध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै प्रहरीले पछिल्लो हप्तामा उल्लेखनीय सफलता हासिल गरेको छ। फरार रहेका चार जना प्रतिवादी र कैदीबन्दी नियन्त्रणमा लिइएको छ भने लागुऔषधसहित २ जनालाई पक्राउ गरिएको छ।

साथै, जेनजी आन्दोलनपछि लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंले आफ्नो गतिविधि अझ सशक्त बनाएको छ। ब्युरोमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विचित्र मगरको नेतृत्वमा रहेको टोलीले पछिल्लो एक साताभित्र करिब ८३ ग्राम लागुऔषधसहित २ जनालाई तथा काकरगार बाट फरार ४ जना पक्राउ गरेको छ जसमा ३ जना कर्तव्य ज्यान र १जना लागु औषधको केशमा कारागारमा जेलमा रहेका थिए।

सई विचित्र मगर भैरहवा विमानस्थलमा कार्यरत रहँदा पनि लागुऔषध नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेका थिए। जहाँ पुगे पनि उनी दत्तचित्त, दृढ इच्छाशक्ति र व्यावसायिक निष्ठाका लागि चिनिने प्रहरी अधिकृत हुन्। उनका नेतृत्वमा सञ्चालन भएका अपरेसनहरूले अपराध नियन्त्रणमा महत्वपूर्ण प्रभाव पारेका छन्।

ब्युरोका एसपी तथा प्रवक्ता जनक शाहीका अनुसार, सई मगर र अन्य प्रहरी कर्मचारीको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियानले राजधानी उपत्यकामा बढ्दो लागुऔषध कारोबार नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेको छ। ब्युरोले सूचनामूलक अनुसन्धान, निगरानी र अपरेसनल तालिमलाई प्राथमिकतामा राख्दै अपराध नियन्त्रणमा थप प्रभावकारी फड्को मार्ने तयारीमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय