
काठमाडौँ । भीआईपी तथा भीभीआईपीको सुरक्षामा खटिएका २७१ जना सुरक्षाकर्मी फिर्ता भएका छन्। फिर्ता गरिएका मध्ये नेपाल प्रहरीका १७४ जना र सशस्त्र प्रहरीका ७४ जना रहेका छन्।
फिर्ता भएका सुरक्षाकर्मीहरू अब आफ्नो संगठनले तोकेको नियमित ड्युटीमा खटिने भएका छन्।

असोज २३ गते मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेबारे गृहमन्त्रीस्तरीय निर्णय भएको थियो। उक्त निर्णयअनुसार नै भीआईपी तथा भीभीआईपीको सुरक्षामा खटाइएका २७१ सुरक्षाकर्मीहरू फिर्ता गरिएको हो।



