काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका अतिरिक्त सुरक्षाकर्मी फिर्ता गरेको छ।

मापदण्डभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको भन्दै गृह मन्त्रालयले उनीहरूका सुरक्षाकर्मी कटौती गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार ओलीका २७ र प्रचण्डका ३४ जना सुरक्षाकर्मी फिर्ता गराइएका छन्।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार यो कदम केवल ओली र प्रचण्डसम्म सीमित नभई अन्य बहालवाला तथा पूर्व भीआईपी र भीभीआईपीहरूमा पनि लागू हुनेछ।

सुरक्षाको मापदण्ड एकरूपता ल्याउने उद्देश्यले गरिएको यो निर्णयले राजनीतिक वृत्तमा चर्चा पाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय