सुरक्षा सरोकार । नवयुवा (जेनजी) ले गत भदौ २३ र २४ गते गरेको आन्दोलन हिंसात्मक बनेसँगै देशभरका कारागारबाट फरार भएका कैदीमध्ये ५ हजार ८१४ जना अझै फर्किएका छैनन्।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी कार्यालय तोडफोड गर्दै लुटेका करिब ८ सय हतियार पनि अहिलेसम्म बरामद हुन सकेको छैन।

सञ्चालनमा रहेका कारागारहरूका तथ्यांक अनुसार, आन्दोलनको मौका छोपेर कुल १४ हजार ५४९ जना कैदी फरार भएका थिए। तीमध्ये पछिल्ला २८ दिनमा ८ हजार ७३५ जना स्वस्फूर्त रूपमा कारागार फर्किएका छन्।

त्यस्तै, प्रहरीबाट लुटिएका करिब १ हजार २५० हतियारमध्ये हालसम्म २७४ वटा मात्र बरामद भएका छन् भने ९६ वटा हतियार जलेको अवस्थामा फेला परेका छन्, प्रहरीले जनाएको छ।

फरार कैदीलाई स्वस्फूर्त रूपमा फर्किन सरकारले सोमबारसम्मका लागि समय दिएको थियो। तर अझै हजारौँ कैदी र सयौँ हतियार हराइरहेका कारण शान्ति–सुरक्षामा असर पर्ने देखिएको छ। यसलाई नियन्त्रणका लागि नेपाल प्रहरीले ‘विशेष अपरेसन’ सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय