काठमाडौं । ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी होविन्द्र बोगटीलाई दिइएको छ। प्रहरी प्रधान कार्यालयले गरेको हालैको सरुवा–बदली निर्णयअनुसार बोगटीलाई ललितपुरमा जिम्मेवारी तोकिएको हो।

प्रहरी सेवामा अनुशासित, इमानदार र दक्ष अफिसरका रूपमा चिनिएका बोगटीलाई संगठन भित्र एक काबिल प्रहरी अधिकारीका रूपमा हेरिन्छ। उनी अपराध नियन्त्रण, शान्ति–सुरक्षा सुदृढीकरण र ट्राफिक व्यवस्थापनमा प्रभावकारी नेतृत्व गर्ने क्षमता भएका अधिकारी मानिन्छन्। ललितपुरमा नियुक्त भएसँगै उनले स्थानीय सुरक्षालाई प्राथमिकता दिने र अपराधविरुद्ध कडाइका साथ काम गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय