
सुरक्षा सरोकार – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ ।
जसमा कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले उनका निकट सहयोगी तथा पूर्व डिएसपी, अधिवक्ता गोबिन्द पन्थीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्री पदमा नियुक्ति गर्न सक्ने चर्चा सार्वजनिक भएको छ। कार्की निकट स्रोतका अनुसार पन्थीको नाम यस मन्त्रालयका लागि सबैभन्दा अग्रणी विकल्पको रूपमा रहेको बताइएको छ।

गोबिन्द पन्थीले लामो समय नेपाल प्रहरीमा सेवा गर्दै संवेदनशील र जटिल प्रकरणहरू व्यवस्थापन गरेका छन्। उनका अनुभवमा विभिन्न मुद्दा व्यवस्थापन, भिसा प्रक्रियासँग सम्बन्धित विवाद, साथै नेपाली नागरिकलाई भिजिट भिषाका नाममा ठगी गर्ने जालो पर्दाफास गर्नु समावेश छ। यसले पन्थीको प्रशासनिक दक्षता र कानूनी समझदारीको परिचय दिएको छ।
उनको प्रशासनिक र कानूनी अनुभवलाई आधार बनाएर कार्की निकट समर्थकहरूले पन्थीलाई मन्त्रालयको जिम्मेवारीका लागि योग्य ठानेका छन्। उनका समर्थकहरूले पन्थीको दक्षता, नीति निर्माण क्षमता र संगठन व्यवस्थापन अनुभवले मन्त्रालयको नेतृत्वका लागि उपयुक्त हुने प्रतिक्रिया दिएका छन्। यदि पन्थी यस मन्त्रालयमा नियुक्त भए, उनी श्रम सुरक्षा, रोजगारी नीति, सामाजिक सुरक्षा कार्यक्रम सुधार र श्रम बजार व्यवस्थापनमा ठोस योगदान दिन सक्ने अपेक्षा गरिएको छ।
राजनीतिक विश्लेषकहरूले पन्थीको सम्भावित नियुक्तिलाई नेपालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा क्षेत्रमा प्रभावकारी कामका लागि सकारात्मक संकेतको रूपमा हेरिरहेका छन्। उनका अनुभव र पूर्व सेवा प्रशासनिक रूपमा जटिल मुद्दा व्यवस्थापन गर्न सक्षम रहेकोले आगामी चुनौतीहरू सामना गर्न सहज हुने देखिन्छ।
गोबिन्द पन्थीले मानव तस्करीको जालो उजागर गर्दै ९ जना आप्रवासन अधिकृतलाई अनुसन्धान दायरामा ल्याउनु भएको थियो। तत्कालीन अवस्थामा उक्त अनुसन्धान नेता तर्फ सोझ्याइएपछि उनको सरुवा गरिएको थियो। तर, अवकाशपछि उनले प्रमाणसहित उक्त विषय सार्वजनिक गर्दै संसदमा पेश गर्दा तीन महिनासम्म विवादको केन्द्रमा रहे।
पन्थीले भिजिट भिजा काण्डमा ठूला नेताहरूको जालो उजागर गर्नुका साथै गृह मन्त्रालयका उच्च तहका कर्मचारीहरूलाई कारबाही गर्न सफल भएका थिए। उनी समाजसेवामा पनि सक्रिय छन् र वैदेशिक रोजगारीमा ठगीमा परेकालाई उद्धार गर्दै आएका छन्।
विपक्षीहरूले यस विषयमा संसदमा बन्द र बहिष्कार गरेका थिए। पूर्व वैदेशिक रोजगारका डिजीका अनुसार, पन्थी जस्ता वैदेशिक रोजगारी र आप्रवासन प्रक्रियामा ज्ञान राख्ने अधिकारी कमै भएका छन्। पन्थी हाल अधिवक्ताको रूपमा भ्रष्टाचारविरुद्ध अभियन्ता हुन् र न्यायको पहुँचमा समस्या पर्नेहरूलाई निशुल्क कानुनी सेवा प्रदान गर्दै आएका छन्। यही कारणले उनी हाल GEN Z मा समेत चर्चामा छन्।
कार्की निकट स्रोतका अनुसार गोबिन्द पन्थीको मन्त्री पदमा औपचारिक घोषणा अझै बाँकी छ। स्रोतले भनेका छन्, पन्थीको अनुभव, प्रशासनिक दक्षता र कानूनी पृष्ठभूमि हेर्दा उनको नियुक्ति अपेक्षित र समीक्षायोग्य मानिएको छ। यदि पन्थी नियुक्त भए, यसले सरकारलाई श्रम, रोजगार र सामाजिक सुरक्षा क्षेत्रमा नीति सुधार र कार्यान्वयनमा बल पुर्याउने विश्वास गरिएको छ।