काठमाडौँ । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका एक सहयोगी नेपालमा पक्राउ परेका छन्। पाँच दिन अघि काठमाडौँबाट पक्राउ परेका शेख सलीम उर्फ सलीम पिस्टल भारतको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका व्यक्ति हुन्।

भारतीय प्रहरीका अनुसार सलीमले भारतमा आपराधिक गतिविधिमा संलग्न विभिन्न समूहलाई हतियार आपूर्ति गर्दै आएका थिए। पहिचान लुकाएर काठमाडौँमा बस्दै आएका उनलाई भारतीय प्रहरीले दिएको सूचनाका आधारमा नेपाल प्रहरीले पक्राउ गरेको हो।

स्रोतका अनुसार नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि औपचारिक प्रक्रिया पूरा गरी भारतीय प्रहरीसमक्ष बुझाएको छ। प्रहरी स्रोतले दुई देशबीचको नियमित समन्वयका आधारमा यस किसिमका कारबाही हुने गरेको जानकारी दिएको छ।

भारतीय मिडियाले सलीमलाई भारतमा विभिन्न अपराधमा संलग्न रहेको आरोप लगाउँदै नेपालमा पक्राउ परेर भारतमा बुझाइएकाे समाचार प्रकाशन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय