सुरक्षा सरोकार —  आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीका २ हजार ७३ जना कर्मचारी विभागीय कारबाहीमा परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, विभिन्न अनुशासनहीनता तथा सेवा नियम उल्लङ्घनका कारण ती प्रहरी कर्मचारीहरू कारबाहीमा परेका हुन्।

सबैभन्दा बढी तल्लो दर्जा प्रहरी जवान छ । २ हजार ७३ प्रहरी कारबाहीमा पर्दा प्रहरी जवानमात्रै  ९२४ जना छन् । त्यसैगरी प्रहरी सहायक हवल्दार ४२०, प्रहरी हवल्दार ३४५ कारबाहीमा परेका छन् । असई १७३,  सर्य ६९, वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९, इन्स्पेक्टर ३०, वरिष्ठ सई ९, एसएसपी १ र डीएसपी ३ जना कारबाहीमा परेका छन् ।

प्रहरी सेवाबाट राजीनामा दिनुका तीन प्रमुख कारण—

१. संगठनभित्रको असन्तुष्टि:

सरुवा, बढुवा र वृत्तिविकासमा पारदर्शिता नहुनु प्रमुख समस्या हो। योग्य र मेहेनती सुरक्षाकर्मीले पदोन्नति नपाउँदा मनोबल घट्छ। पहुँच, सञ्जाल र राजनीतिक प्रभावले हुने निर्णयले संगठनमा असन्तोष फैलिएको छ।

२. वैदेशिक रोजगारीको मोह:

आकर्षक तलब, सुरक्षित भविष्य र पारिवारिक जीवनका कारण धेरै सुरक्षाकर्मी विदेशिने निर्णयमा पुगिरहेका छन्। प्रहरीको जागिर कठिन, जोखिमपूर्ण र राजनीतिक दबाबमा हुने भएकाले स्थायित्वको खोजीमा विदेश रोज्ने प्रवृत्ति बढेको छ।

३. अनुशासनहीनता र कारबाहीबाट बच्ने प्रयास:

केही प्रहरी अनुशासन विपरीतको गतिविधिमा मुछिएर कारबाहीको डरले राजीनामा दिँदै आएका छन्। यसले संस्थाको छवि प्रभावित गरेको छ।

पारदर्शिता, सम्मानजनक वातावरण र भविष्य सुरक्षित हुने प्रणाली विकास गर्न सके मात्रै प्रहरी सेवामा स्थायित्व आउन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय