
काठमाण्डौं— जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित सशस्त्र प्रहरीको सुरक्षा बेसमा सुरक्षा कमजोर भएको आरोपमा सशस्त्र प्रहरीले डिएसपी गौतम कुँवरमाथि कारबाही सिफारिस गरेको छ। आन्तरिक छानबिनपछि उनीमाथि कारबाही आवश्यक ठहरिएको सशस्त्र प्रहरी स्रोतहरूले जानकारी दिएका छन्।
भदौ २४ गते प्रदर्शनकारीहरूले यातायात व्यवस्था कार्यालयमा तोडफोड र आगजनी गर्दा छेउमै रहेको सशस्त्र प्रहरी बलको बेससमेत क्षति पुगेको थियो। सो क्रममा बेसभित्र रहेका ११ थान हतियार जलेका कारण सुरक्षा चुक देखिएको भन्दै छानबिन समितिले डिएसपी कुँवरमाथि कारबाही सिफारिस गरेको बताइएको छ।

उनीमाथि के प्रकारको कारबाही गरिने हो भन्ने विषय भने अझै प्रष्ट भएको छैन।




