
काठमाडौं । सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णराज पाठक उपरि प्रहरी महानिरीक्षक (डीआईजी) पदका लागि बढुवा सिफारिस भएका छन्।
बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले पाठकलाई रिक्त रहेको डीआईजी पदका लागि सिफारिस गरेको हो।

समितिको निर्णयअनुसार पाठकको नाम अब बढुवा प्रक्रियाका औपचारिक चरणमा अघि बढ्नेछ।




