
काठमाण्डौं— सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) समिककुमार महर्जन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस भएका छन्।
बिहीबार बसेको बढुवा समितिको बैठकले महर्जनलाई रिक्त रहेको एक पदका लागि एसपीबाट एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा सिफारिसप्रति चित्त नबुझेका अन्य एसपीहरूले चाहें सात दिनभित्र बढुवा समितिको सचिवालयमा उजुरी दिन सक्ने व्यवस्था छ।




