काठमाडौं । सशस्त्र प्रहरीका गोताखोर नायब निरीक्षक (सई) थापालाई ‘आईजी एपीएफ कमेण्डेसन’बाट सम्मान गरिएको छ।

बिहीबार प्रधान कार्यालय हलचोकमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले थापालाई सम्मान गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, नायब निरीक्षक थापाको साहसिक कार्यले संगठनको गरिमा बढाएको र सबैका लागि उदाहरणीय बनेको आईजी अर्यालले बताए।

सम्मान ग्रहण गर्दै नायब निरीक्षक थापाले यो सम्मानले आगामी दिनमा पनि आमजनताको उद्धारमा जोश र जाँगरका साथ काम गर्न थप हौसला मिलेको बताए।

थापा विगत १५ वर्षदेखि साहसिक उद्धार कार्यमा संलग्न छन्। उनले हिमालदेखि तराईसम्म पानी मुनि गई अनेकौं उद्धार गरेका छन्। गत वर्ष चितवनको सिमलतालस्थित त्रिशुली नदीमा दुईवटा बस बेपत्ता हुँदा पनि उनकै कमाण्डमा गोताखोर टोली परिचालित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय