
काठमाण्डौं— नेपाल प्रहरी श्रीमती संघ, भृकुटीमण्डप काठमाडौँमा नव–नियुक्त अध्यक्ष श्रीमती नविना खत्री कार्कीको स्वागत तथा पदभार ग्रहण कार्यक्रम गरिमामय रूपमा सम्पन्न भयो।
कार्यक्रममा संघका उपाध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, कार्यसमिति पदाधिकारीज्यूहरू, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरू, साधारण सदस्यज्यूहरू तथा वरिष्ठ–कनिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरूको उल्लेखनीय उपस्थिति थियो।

नव–नियुक्त अध्यक्ष कार्कीज्यूले पदभार ग्रहण गर्दै नेपालको प्रहरी श्रीमती संघ जस्तो पवित्र संस्थाको नेतृत्व ग्रहण गर्नु गौरवको विषय भएको बताइन्। संघले गर्दै आएका गतिविधिप्रति उच्च कदर गर्दै उनले आगामी दिनमा संघलाई समयानुकूल, ऊर्जाशील र अझ सुदृढ संस्था बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा स्वागत मन्तव्य संघकी कोषाध्यक्ष श्रीमती सङ्गीता लम्सालज्यूले प्रस्तुत गरिन्। कार्यक्रमको सञ्चालन सह–सचिव (कार्यक्रम) श्रीमती मञ्जु शर्माज्यूले गर्नुभएको थियो।
यसैक्रममा संघमा रिक्त रहेका कार्यसमिति पदहरूमा पदपूर्ति प्रक्रियासमेत सम्पन्न गरिएको संघले जनाएको छ।




