
काठमाडौं । इन्टरपोलको ९३ औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गरेको छ।
इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन एआईजी अधिकारी सहितको टोली त्यसतर्फ गिएको हो।

एआईजी अधिकारीसँगै इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत महासभामा सहभागी हुन मोरक्को प्रस्थान गरेका छन्।




