
काठमाण्डौँ : काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ मातहत कार्यरत दुई प्रहरी नायव निरीक्षकलाई ३० वर्षे सेवा अवधि पूरा भई अनिवार्य अवकाश प्राप्त भएपछि एसएसपी नवराज अधिकारीले सम्मानपूर्वक बिदाई गरेका छन्।
ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रहरी नायव निरीक्षक टेकबहादुर श्रेष्ठ र ट्राफिक प्रहरी परिसर ललितपुरका प्रहरी नायव निरीक्षक सुमन श्रेष्ठलाई एक विशेष समारोहका बीच बिदाई गरिएको हो।

एसएसपी अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अवकाश प्राप्त दुवै अधिकृतलाई मायाको चिनो र कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारी तथा अन्य प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।




