काठमाडौं । आन्दोलनका कारण रोकिएको प्रहरीको तलब आइतबारदेखि वितरण हुने भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार परिपत्र जारी गर्दै तलब निकासाका लागि निर्देशन दिएको हो।

सामान्यतया सरकारी कर्मचारीलाई प्रत्येक महिनाको २५ गते तलब दिने प्रचलन छ। तर, यसपटक आन्दोलनपछि उत्पन्न सरकारविहीन अवस्थाका कारण तलब रोकिएको थियो। शुक्रबार मात्र सुशीला कार्की प्रधानमन्त्री नियुक्त भए पनि उनले कार्यभार सम्हालेकी छैनन्।

आइतबार प्रधानमन्त्रीले कार्यभार सम्हाल्ने र सानो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। त्यसपछि प्रशासनिक संयन्त्र पनि सक्रिय हुने अपेक्षा गरिएको छ। प्रशासनिक संयन्त्र सक्रिय नभएसम्म कर्मचारीलाई तलब वितरणमा कठिनाइ हुने अवस्था छ।

यद्यपि, विषम परिस्थितिमा समेत ड्युटीमा खटिएका प्रहरीलाई तलब रोकिँदा थप समस्या हुने भएकाले वितरणका लागि परिपत्र गरिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय