
काठमाडौँ — संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका लागि खटिएको चण्डीप्रसाद गणको २११ सदस्यीय डफ्फा गएराति त्यसतर्फ प्रस्थान गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ गएको हो।

यसअघि, प्रमुख सेनानी महेश्वर सिलवालको नेतृत्वमा २१३ सदस्यीय अरिदमन गण शनिबार काठमाडौँ आइपुगेसँगै सेनानी आचार्य नेतृत्वको फौज दक्षिण सुडानको राजधानी जुभातर्फ प्रस्थान गरेको हो।
हाल दक्षिण सुडानमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत, दुई वटा गण तथा एउटा गुल्म गरी १,७५६ जना शान्ति सैनिक कार्यरत छन्।



