
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा नेपाल प्रहरीका सहायक हवल्दार मृत फेला परेका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत ३० वर्षीय बलबहादुर थापामगर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए।
उदयपुर स्थायी घर भएका थापामगर बुद्धनगरस्थित डेराको शौचालयमा अचेत अवस्थामा फेला परेपछि उनकी पत्नीले उपचारका लागि बानेश्वरस्थित एभरेस्ट अस्पताल पुर्याएकी थिइन्। अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरेका थिए।

मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



