काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले जनादेशपछि अब बन्ने सरकारले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने बताएका छन् ।

आजदेखि सुरु भएको नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले अब परिणाम दिने समय आएको उल्लेख गरे। जनताले रास्वपालाई केवल मन पराएर मात्र मत नदिएको भन्दै उनले विगतमा पुराना दलप्रति बढेको निराशा र नयाँ नेतृत्वप्रतिको विश्वासले यस्तो जनादेश आएको बताए।

उनका अनुसार जनताले वरिष्ठ नेता बालेन शाह र पार्टी सभापति रवि लामिछानेप्रति देखाएको भरोसा पनि यस सफलताको महत्वपूर्ण आधार हो। “हाम्रा हरेक गतिविधि जनताले नजिकबाट हेरिरहेका छन्, त्यसैले इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्नुपर्छ,” उनले भने।

उपसभापति अर्यालले नवनिर्वाचित सबै सांसदहरूलाई आफ्नो जिम्मेवारीप्रति सजग र तयार रहन आग्रह गर्दै आपसी खिचातानीमा नअल्मलिई जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए। साथै, अभिमुखीकरण कार्यक्रममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औंल्याए।

काठमाडौँ क्षेत्र नं. ९ बाट निर्वाचित शालीन, मिलनसार र भद्र व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी उपप्रधान तथा गृहमन्त्रीका दाबेदारसमेत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय