
काठमाडौं — नेपाल प्रहरी अस्पताल, महाराजगञ्जबाट विभिन्न सरसामानहरू चोरी भएको छ। चोरी गरेको आरोपमा तनहुँ, बन्दीपुर गाउँपालिका–४ निवासी २९ वर्षीय अम्बरबहादुर श्रेष्ठ पक्राउ परेका छन्।
श्रेष्ठले फागुन १० गते रुइस्का पन्त र बसन्ती महराका सरसामान चोरी गरेको आरोप छ। रुइस्काको झोलाबाट १०० अमेरिकी डलर, २ हजार नेपाली रुपैयाँ, तीन वटा बैंकको एटीएम कार्ड तथा प्रहरीको परिचयपत्रसहितको पर्स चोरी भएको थियो।

पक्राउ परेका श्रेष्ठविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



