काठमाडौँ — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन्।

स्थानीय हायु समुदायका उर्मिला हायुसहित उनका ६ छोरा र ६ छोरीसहित १६ जना शुक्रबारदेखि सम्पर्कविहीन भएको सूचना आएको सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिए।

साउन ८ गते (बिहीबार) लोपोन्मुख हायु समुदायलाई स्थानीय निकायले प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले ३ महिनाको भत्ता वितरण गरेको थियो। त्यसपछि परिवार सम्पर्कविहीन बनेको हो।

एसपी सुवेदीका अनुसार, “सो क्षेत्रमा केही विपद्का घटनाहरू पनि भएकाले खोजी कार्य तीव्र बनाइएको छ।” हाल घटनास्थलमा प्रहरी परिचालन गरिएको र आवश्यक अनुसन्धान तथा खोजी कार्य भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय