
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भदौ ३१ गते निरीक्षण गर्दै ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।
निरीक्षणका क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीलगायतले गृहमन्त्रीलाई कार्यालयको अवस्थाबारे जानकारी गराएका थिए।

गृहमन्त्री अर्यालले तत्कालै हालको भवनबाट सेवा थाल्न निर्देशन दिँदै सरकारका तर्फबाट आवश्यक सहयोग सुनिश्चित हुने प्रतिबद्धता जनाए।
शान्ति–सुरक्षा, सुशासन र निष्पक्ष निर्वाचनका लागि सरकार गम्भीर भएर अघि बढ्ने उल्लेख गर्दै उनले चाँडै सबै अवस्था लयमा फर्कने विश्वास व्यक्त गरे।



