
काठमाण्डौं। “विवादको साटो – मेलमिलापको बाटो” भन्ने मूल नाराका साथ सबै वडामा कानूनी शिक्षा तथा न्यायिक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बेलकोटगढी नगरपालिका, नुवाकोटको न्यायिक समितिको आयोजनामा ६ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बेलकोटगढी नगरपालिका स्थित सबै वडामा आम नागरिकलाई कानूनी शिक्षा तथान्यायिक कुरामा सुसूचित बनाउने उदेश्यले संचालित ६ दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रुपमा खटिई“आत्महत्या रोकथाम र न्यूनीकरणका उपायहरू” सम्बन्धमा साथै सकारात्मक सोचको विकास कसरी गर्ने? सवालमा प्रशिक्षण प्रदान गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएका प्रहरी सहायक निरीक्षक राजेश के.सी. साथैउक्त कार्यक्रममा स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

साथै विद्यमान संविधान, कानुन, स्थानियसरकार सञ्चालन ऐन, स्थानिय न्यायिक समितिको काम कर्तव्य अधिकार लगायतका विषयमा बेलकोटगढीनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपसचिव हरेन्द्र कुमार श्रेष्ठ र न्यायिक सहजकर्ता विदुर पुडासैनीलगायतको प्रशिक्षण समेत रहेको थियो ।
फोटो फिचर —






