काठमाण्डौं। इलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिकाकोसंयुक्त आयोजनामा तिन वटै पालिकाको विभिन्न ३५ वटा माध्यामिक तहमा अध्ययनरत विद्यार्थिहरु तथा सोविद्यालयहरुमा अध्यापनरत शिक्षकहरु समेत गरी अं. ३०० जनाको उपस्थितिमा Security, Memory, Meditation लगायतका विषयहरुमा जनक बहुमखि क्याम्पसको सभाहलमा एक दिवशीय अन्तरक्रिया तथाप्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको

उक्त कार्यक्रममा मेमोरी पावरमा विश्व रेकर्ड समेत राख्न सफल व्यक्तित्व, विषय विज्ञ अर्पण शर्मा (Memory King) ज्यूद्वारा Memory तथा Meditation लगायतका विषयहरुमा प्रशिक्षण प्रदान गरिएको थियो

सो कार्यक्रममा इलाका प्रहरी कार्यालय मंगलटारका कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीज्यूद्वारा भविष्यकाकर्णाधार विद्यार्थि वर्ग एवँ समाजका ऐनाका रुपमा रहने शिक्षक वर्गको समाजमा हुने आपराधिक घटनाकोन्यूनिकरणमा उल्लेख्य भूमिका रहने उल्लेख गर्दै समग्र सुरक्षा सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गर्नु भएको    

नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्यहरु अन्तरगत विद्यालय लक्षित सामाजिक सचेतनाको माध्यमबाट समेत अपराधन्यूनिकरण गर्दै सभ्य, सुरक्षित समाज निर्माण गर्ने अभिप्रायले इलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा स्थानियतहहरुको आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय