✍️ रूद्र प्रसाद जैशी ,

काठमाण्डौं।  कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ  वेवसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन हो

यसको प्रयोगको दायरा धेरै फराकिलो हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न सकिने सरल प्रविधि भएकाले यो अहिले मानिसको जीवनसाथी जस्तै बनेको यसमा हाल प्रायः व्यक्तिले करिब २० प्रतिशतसमय बिताउने गरेको पाइन्छ

फेसबुक, युट्युब, भाइबर, ट्वीटर, आदि यसका उदाहरण हुन्

सामाजिक सञ्जालका फाइदा —
सूचना आदान प्रदान छिटाछरितो गर्न सकिने,
घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने,
महत्वपूर्ण कागजात, फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न सकिने,
कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने,
घरमै बसेर खरिदबिक्री गर्न सकिने,
आफ्ना विचार भावना राख्न सजिलो हुने,
सारा विश्वलाई एउटै गाउँँमा ल्याउन सहयोग पुग्ने,
अध्ययन अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्ने,
व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यवसाय सबैले हरेक काममा प्रयोग गर्न सकिने

समाजिक सञ्जालका बेफाइदा —
सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने,
अरु प्रति नकारात्मक टिकाटिप्णी सेयर गन,
सामाजलाइ हानी नोक्सानी गर्ने विषयबस्तु बढी शेयर गर्ने,
अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गर्ने, सेयर गर्ने,
नचिनेको व्यक्तिलाई जिस्क्याउने, अर्काको फोटो तथा भिडियोको दुरुपयोग गर्ने,
समाजिक सञ्जाललाई अध्ययन अनुसन्धानको साधन भन्दा मनोरन्जनको साधनको रुपमा प्रयोग गर्नेm,
गलत समाचार सम्प्रषण गर्ने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय