काठमाडौं : बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले मातहत कार्यालयका कर्मचारीको कार्य मुल्याङ्कन गर्दै उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरेको

शुक्रबार एक कार्यक्रम आयोजना गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख डिआईजी बिष्णु कुमार के.सीले जि.प्र.का सिन्धुलीका प्रमुख एसपी गोबिन्द राज काफ्ले , जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोईराला सहित  १५ कर्मचारीलाई सम्मान गरेका हुन्

सम्मान हुनेमा – प्र.ना.उ. प्रदिप कुमार सिंह, प्रा.प्र.ना..सत्य नारायण जयसवाल, प्रहरी निरिक्षकहरू दिपक सुवेदी, रविन्द्र कुमार श्रेष्ठ, दिनेश प्रसाद खरेल, प्रा.प्र.व. नि. विजय कुमार साह, प्र..ना. नि. राजिव कुमार तिवारी,प्र..नि.पुष्पराज दुराल, प्र.ह.मन्जु नेपाल, प्रहरी जवानहरू सन्तोष कुमार महतो र रन्जना तामाङ, खड्क चन्द , बालकिशोर शाह,  प्र.का.स सन्तोष राना मगर र रमेश कार्कीलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो।

बागमती प्रहरी प्रदेश कार्यालयले जानकारी दिदै लेखेको छ उपरोक्त सम्बन्धमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने विभागीय नीति अनुरुप यस प्रदेश प्रहरीकार्यालय तथा मातहत कार्यालयका निम्न प्रहरी कर्मचारीहरुले विभागीय नीति निर्देशन अनुसार आफ्नो कार्यक्षेत्रमा सुम्पिएको जिम्मेवारी ईमान्दार अनुशासित भई प्रशंसनीय एवं उत्कृष्ट ढंगबाट सम्पादन गरी संगठनकोछविलाई उच्च राख्ने कार्य गरेको हुँदा निजहरुको उत्कृष्ट कार्यको कदर स्वरुप पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुसमेतमा सकारात्मक प्रभाव पर्न गई कार्य सम्पादनमा अझ बढि हौसला अभिबृद्धि हुने हुँदा निजहरुलाई प्रहरीनियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद१५ को नियम१९७ को देहाय () बमोजिम निम्नानुसार नगदपुरस्कारद्वारा पुरस्कृत गर्ने भनि मिति २०८१।०४।१८ गते निर्णय भएको हुँदा अभिलेखमा रहने गरि पुरस्कार दिईएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय