इलाम ।जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक याम चन्द्र कार्की २०८२ साल जेठ महिनाको “उत्कृष्ट प्रहरी” (Police of the Month) घोषित भएका छन्।

कार्कीले कार्यालय व्यवस्थापनमा देखाएको दक्षता, पुराना तथा नचल्ने टाटा पिकअप सवारी साधनहरूको सफल लिलाम बिक्री प्रक्रिया सम्पन्न गर्नु, विभागीय मूल्य मान्यता अनुरूप आदेश तथा निर्देशनहरूको पूर्ण पालना गर्नु तथा आफ्ना पदीय जिम्मेवारीहरू उच्च मनोबल र अनुशासित ढंगले निर्वाह गर्नु उल्लेखनीय मानिएको छ।

उनीद्वारा मातहत प्रहरी एकाइहरूको समन्वयमा कार्य सञ्चालन गर्दा त्रुटिरहित र परिणाममुखी सेवा प्रवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालय इलामले कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै उनलाई महिनाको उत्कृष्ट प्रहरीको रूपमा छनोट गरेको हो।

सहायक निरीक्षक कार्कीले पेशाप्रतिको निष्ठा, इमानदारी र जिम्मेवारीबोधका साथ प्रहरीले जनताको विश्वास जित्न सक्ने दृष्टान्त प्रस्तुत गरेका छन्। इलाम जिल्ला प्रहरी परिवारले उनको यो उपलब्धिलाई प्रेरणादायी उदाहरणका रूपमा लिएको छ।

यस घोषणासँगै प्रहरी संगठनभित्र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी सदस्यहरूको मनोबल अझ उच्च बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय