काठमाडौं — राजधानीको शिक्षामैत्री वातावरणमा स्थापित एक नवीन शैक्षिक संस्था प्रेरणा ज्ञान वाटिकामण्टेश्वरी स्कुल ले हालै सम्पन्न अन्तर-स्कुल बौद्धिक गणित हाजिरी जवाफ प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्दै आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ।

विद्यालय र विद्यार्थीहरूको हकहित, नेतृत्व विकास तथा गुणस्तरीय शिक्षाको अभिवृद्धिका लागि क्रियाशील स्कुल एसोसिएसनअफ नेपाल (SAN) द्वारा आयोजित MENTAL MATH QUIZ COMPETITION काठमाडौं महानगरपालिका–१५, स्वयम्भूस्थित बोधिसत्त्व स्कुल मा सम्पन्न भएको थियो। प्रतियोगितामा कूल १४ वटा प्रतिस्पर्धी विद्यालयहरूको सहभागिता रहेको थियो।

विशेष उल्लेखनीय पक्ष के छ भने प्रेरणा ज्ञान वाटिका मण्टेश्वरी स्कुल पहिलो पटक यो किसिमको प्राथमिक तहको प्रतियोगितामा सहभागी भएको थियो, र त्यसैपटक प्रथम स्थान प्राप्त गर्दै सबैको ध्यान खिच्न सफल भयो।

विद्यालयका संस्थापक प्रिन्सिपल भोला मान सिंह राउत भन्छन्, “म विगत दुई दशकदेखि शैक्षिक क्षेत्रमा सक्रिय छु। हाम्रो विद्यालय सधैंदेखि नै गुणस्तरीय शिक्षा, नैतिकता र अनुशासनमा विशेष जोड दिँदै आएको छ। Activity-Based Learning मा आधारित हाम्रो पठनपाठन पद्धति विद्यार्थीलाई केवल पढाउने होइन, जीवनपयोगी ज्ञान अनुभूत गराउने लक्ष्यमा आधारित छ।”

विद्यालयले SMART कक्षा, परियोजना कार्य, समूह छलफल, शारीरिक अभ्यास लगायतका विविध गतिविधिहरूलाई दैनिक शिक्षणको अभिन्न अङ्ग बनाएको छ। बच्चाहरूको उमेर र कक्षाअनुसार छुट्टाछुट्टै भवन र खेलमैदानको आवश्यकता महसुस गरी हाल प्राइमरी भवन र प्राइमरी खेलमैदान निर्माणको अन्तिम चरणमा पुगेको जानकारी प्रिन्सिपल राउतले दिएका छन्। यो निर्माण आगामी असारको पहिलो हप्ताबाट सञ्चालनमा आउने योजना छ।

विद्यालयले विद्यार्थी संख्यामा भन्दा गुणस्तरमा विश्वास राख्दै थोरै विद्यार्थीलाई भर्ना गरेर प्रत्येकलाई व्यक्तिगत ध्यान दिने विधि अपनाएको छ। यसले शिक्षकहरूलाई हरेक विद्यार्थीको क्षमता बुझ्न र उसअनुसार सहयोग गर्न सजिलो हुने र विद्यार्थीलाई पनि आफ्ना समस्या शिक्षकसँग खुलस्त राख्न सहज हुने विद्यालयको अनुभवमा आधारित दृष्टिकोण हो।

यसै अभ्यास र दर्शनको परिणामस्वरूप प्रेरणा ज्ञान वाटिका मण्टेश्वरी स्कुल SAN द्वारा आयोजित प्रतिष्ठित बौद्धिक प्रतियोगितामा अब्बल ठहरिन सफल भएको छ, जुन सम्पूर्ण विद्यालय परिवारका लागि गौरवको विषय हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय