काठमाडौं — नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारीप्रति उच्च लगनशीलता, कर्तव्यनिष्ठता र नागरिकप्रति उत्तरदायित्व प्रदर्शन गर्दै प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर बिष्टले उल्लेखनीय कार्य सम्पादन गर्नुभएकोमा उहाँलाई प्रशंसा–पत्र प्रदान गरिएको छ।

वालाजु प्रहरी वृत्त, काठमाडौंका प्रमुखका रूपमा २०८२ साल वैशाख महिनामा उहाँले आम नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा निर्वाह गर्नुभएको भूमिकालाई उच्च कदर गर्दै यो प्रशंसा–पत्र प्रदान गरिएको हो। उहाँको कार्यले प्रहरी संगठनको गरिमा, प्रतिष्ठा र निर्णय कार्यान्वयनमा महत्वपूर्ण प्रभाव पारेको उल्लेख गरिएको छ।

प्रहरी संगठनले विश्वास लिएको छ कि डीएसपी बिष्टले आगामी दिनहरूमा पनि काठमाडौँ जिल्लाको अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति सुरक्षाको व्यवस्थापनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय