
काठमाण्डौं— ट्राफिक प्रहरी प्रभाग गौशालामा दरबन्दी भई हाल यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौँमा कार्यरत प्रहरी जवान नरेश याम्फु राई बैशाख महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” बाट सम्मानित भएका छन्।
प्रहरी जवान राईले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र यातायात व्यवस्था विभाग, मीनभवनबीचको अन्तरनिकाय सम्बन्धको गरिमा र छवि उकास्न प्रभावकारी तथा समन्वयात्मक भूमिका निर्वाह गरेका थिए। उनले विभागमा आउने सेवाग्राहीहरूलाई सहज, मर्यादित र प्रभावकारी सेवा उपलब्ध गराउने कार्यमा उल्लेखनीय योगदान पुर्याएका छन्।

उनको विशेष पहलले:
- बिचौलियाको गतिविधिमा न्यूनीकरण ल्याएको,
- दुबै निकायबीचको संयुक्त अनुगमन कार्यलाई थप प्रभावकारी बनाएको,
- सवारी दुर्घटना र Hit and Run घटनामा संलग्न चालकहरूको खोजतलासमा सक्रिय भूमिका खेलेको,
- नक्कली सवारी चालक अनुमतिपत्र (लाईसेन्स) सम्बन्धी छानबिनमा तत्परता देखाउँदै विभागीय अभिलेख तुरुन्तै परीक्षण गरी अनुसन्धानलाई सहजीकरण गरेको,
- साथै विभागीय नीति, निर्देशन र आदेशको पूर्ण पालना गर्दै उदाहरणीय अनुशासन देखाएको उल्लेख गरिएको छ।
प्रहरी जवान राईको यस कर्तव्यनिष्ठता, कार्यकुशलता र समन्वय क्षमताको उच्च मूल्याङ्कन गर्दै अन्य प्रहरी कर्मचारीलाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले उनलाई २०८२ साल बैशाख महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” को उपाधिमा सम्मानित गरिएको हो।



