काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। जेठ ४ गते बिहान ९:२० बजे उनले ८,८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराउन सफल भएका हुन्।

सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत, सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतका अनुसार, छत्यालले यसअघि बैशाख २२ गते ६,११४ मिटर अग्लो लोबुचे हिमालको पनि सफल आरोहण गरेका थिए। “तराई, पहाड, हिमाल — सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल” भन्ने सन्देश बोकेर छत्याल बैशाख १५ गते सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए।

उनीलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले शुभकामनासहित बिदाइ गरेका थिए।

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण, हलचोकमा कार्यरत छन्। उनको यो सफलता राष्ट्रिय गौरवसँग जोडिएको ऐतिहासिक उपलब्धि मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय