बीरगञ्ज, २९ वैशाख — राजधानी काठमाडौंमा सम्पन्न मिस्टर नेसनल २०२५ को प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा बीरगञ्जका अजहर आलमले ‘पब्लिक च्वाइस २०२५’ तथा ‘सेकेन्ड रनर अप’ उपाधि जित्दै नगरको नाम गौरवान्वित बनाएका छन्।

यी दुवै उपाधि जित्दै आलम बीरगञ्जबाट पहिलो प्रतिस्पर्धी बनेका छन् जसले राष्ट्रिय स्तरमा यस्तो सफल उपलब्धि हासिल गरेका हुन्। उत्कृष्ट प्रदर्शनका साथ विजेता बनेका आलमलाई बीरगञ्ज महानगरपालिका–४ का वडाध्यक्ष जगत साह कानुले एक सम्मान समारोहमा विशेष सम्मान प्रदान गरेका छन्।

समारोहमा वडाध्यक्षसहित स्थानीय समाजसेवी, युवा नेताहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

अलामले आफ्नो सफलताको श्रेय परिवार, साथीभाइ, प्रशिक्षक र सम्पूर्ण बीरगञ्जवासीलाई दिँदै, आगामी दिनमा अझ मेहनत गरेर देश तथा सहरको नाम अझ उँचो बनाउने अठोट व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय