काठमाडौँ, सुरक्षा सरोकार डटकम |काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, सि.आर.भी. (१० स्थान), रामशाहपथमा दरबन्दी भई ट्राफिक प्रहरी प्रभाग गौशालामा कार्यरत प्रहरी हवल्दार तिर्थ राज ठकुरी “महिनाको उत्कृष्ट ट्राफिक प्रहरी” (Best Traffic Police of the Month) घोषित भएका छन्।

हवल्दार ठकुरीले गौशाला एरियाबाट हराएको बा ४२ प ३०८५ नम्बरको मोटरसाइकल खोजतलास गरी चोरसहित नियन्त्रणमा लिई सम्बन्धित कार्यालयमा बुझाउने कार्य गरे। त्यस्तै, भन्सार छली गरी नेपाल भित्र संचालनमा रहेका सवारी साधनहरू विशेष सूचनाका आधारमा नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाउने कार्यमा समेत उनी सक्रिय रहेका छन्।

साथै, उपत्यकामा चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरूले तोकिएको भन्दा बढी भाडा लिने गरेको उजुरीका आधारमा यस्ता सवारीसाधनहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने कार्यमा समेत उनी अग्रसर देखिएका छन्।

हवल्दार ठकुरीले विभागीय नीति, निर्देशन र आदेशहरूलाई अक्षरसः पालना गर्दै आफ्नो कार्यक्षेत्रमा अनुकरणीय जिम्मेवारी निर्वाह गरेका छन्।

उक्त कार्यहरूको उच्च मूल्याङ्कन गर्दै, “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०७५” अनुसार उनलाई २०८१ सालको चैत महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” घोषित गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय