काठमाडौँ— हिजो फागुन १७ गते KECAN नेपाल को ५ औं साधारण सभा तथा तेश्रो अधिवेशन कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतित्थ्यता एवम् केक्यानका संस्थापक अध्यक्ष गणेश शर्माको अध्यक्षतामा उक्त्त कार्यक्रम सम्पन्न भएको थियो।

उक्त समारोहमा लुम्वीनी प्रदेश प्रहरी प्रमुख दान बहादुर कार्की सहित ३ जना सम्मानित भएका छन् । राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्वीनी प्रदेश प्रहरीले आमनागरिकलाई जनअपेक्षा अनुसारको सेवा प्रदान गरेको, आफ्ना काम पारदर्शि गर्दा शुशाशन मा सहयोग पुगेको, लुम्बिनी प्रदेश अन्तर्गत नेपाल प्रहरीका कामकारहीले नेपाल सरकारको राजश्वबृद्धि समेत गरी सबै प्रदेशहरु मद्ये उत्कृष्ठ रहेको भनि केक्यानको साधारण सभाको अवसरमा सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

उक्त अवसरमा पूर्व डिएसपी, हाल अधिवक्ता गोविन्द पन्थीले ‘सरोकार केन्द्र’ मार्फत समाजसेवा प्रदान एवम् वैदेशिक रोजगारीमा अलपत्रपरेकाहरुलाई उद्धार एवम रकमको अभावमा न्याय को पहुचमा नपुगेकाहरु लाई निशुल्क कानुनी परामर्श दिइ उत्कृष्ट कार्य गरेकोमा ‘समाजसेवा सम्मान’ बाट सम्मान गरिएको थियो । त्यस्तै ‘राष्ट्रिय खाेजी पत्रकारिता सम्मान २०८१’ बाट सञ्चारकर्मि जीवन शर्मालाई सम्मान गरिएको थियो । शर्मा खोजीपत्रकारितामा अवल्ल र प्रखर सञ्चारकर्मि हन् । उनले भूगोल र स्थानीय क्षेत्रमा कलम चलाउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय