काठमाण्डौं। इलाका प्रहरी कार्यालय सुनसरी धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक प्रकाश जबेगु कोशी प्रदेशको मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

विभागिय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको बन्दै जबेगुलाई २०८१ साल मंसिर महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

धनकुटा बाट धरान आउंदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाएको दुई वटा गाडिबाट लागु औषध गाँजा बरामद गर्न डिएसपी जबेगु सफल भएको भन्दै कोशी प्रदेशले उनलाई उत्कृष्ट प्रहरी घोषित गरेको हो । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय