कञ्चनपुर। भीमदत्त नगरपालिका–४ महेन्द्रनगरकी स्वीकृती कार्कीको दैनिकी बिरामी बालबच्चासंगै बित्छ। पछिल्लो केही वर्षयता बालबालिकाको औषधी उपचार र स्याहार सुसार उनको दैनिकी बनेको छ।  स्वीकृती पेशाले नर्स हुन। उनी कैलालीको माया मेट्रो अस्पतालमा कार्यरत छिन्। अस्पतालको बालबालिका हेर्न फाँटमा इन्चार्जको भूमिका छन्, उनी।

स्वीकृती माया मेट्रो अस्पतालमा उमेरले सबैभन्दा कान्छी इन्चार्ज हुन। सानैदेखि सामाजिक तथा परोपकारको कर्ममा चासो राख्ने उनले २४ वर्षकै उमेरमा इन्चार्जको जिम्मेवारी पाएकी छन्।

सानै उमेरमा सुदूरपश्चिम क्षेत्रको निजी क्षेत्रबाट सञ्चालित प्रसिद्ध अस्पतालमा इन्चार्जको भूमिका काम गर्न पाउँदा निकै खुसी लागेको उनले बताइन्।

विपन्न वर्गका बालबालिका तथा वृद्धवृद्धाको सहयोगमा उनी अग्रसर छिन्। अस्पतालमा आउने कतिपय बालबालिका विपन्न वर्गका हुन्छन्। तिनलाई सहयोग गर्न पाउँदा निकै खुसी व्यक्त गर्छिन्, स्वीकृति।
‘नर्सिङ पेशाका माध्यमबाट सेवा दिन पाइएको छ।

औषध उपचार त पेशागत कर्म नै भयो। त्यस भन्दा केहीमाथि उठेर विपन्न बालबालिकालाई सहयोग गर्न पाएकी छुँ’, उनले भनिन्, ‘त्यसमा धेरै खुसी मिलेको छ।’ अस्पतालमा आउने बिरामी कोही औषधी किन्न नसक्ने हुन्छन्। कोही लुगाफाटो समेत नभएका हुन्छन्। उनीहरुलाई सक्दो सहयोग गर्नमा पछि हट्दैनन्, स्वीकृति।

‘दिनमा दुई सय भन्दा बढी बिरामी आउँछन्। जसमध्ये ५०÷६० जना बालबालिका हुन्छन्। तीमध्ये कतिपय विपन्न वर्गका हुन्छन्,’। अहिले नर्सिङ पेशामा सक्रिय स्वीकृती महेन्द्रनगरको सामाजिक क्षेत्रका लागि परिचित नाम हो। नर्सिङ कर्म बाहेक अनाथ बालबालिका तथा वृद्धाश्रमका वृद्धवृद्धाको सहयोगमा निकै अगाडि छन्, उनी।

 

उनले महेन्द्रनगरको समाजकल्याण बालअनाथालय र वृद्धाश्रममा पुगेर अहिले पनि सामाजिक कार्य गरिरहेकी छन्।  कुनै बेला महेन्द्रनगरमा हुँदा उनले पानीपुरीको पसल थापेर संकलन भएको रकम अनाथबालबालिकालाई सहयोग गरेकी थिइन्।

खान नपाएका वृद्धवृद्धा तथा अनाथ बालबालिकालाई दुई गास खाना खुवाइन्। तीन वर्षको उमेर बुवा गुमाएकी स्कीकृतिले समाज कल्याणको बाटो रोजेकी हुन। महेन्द्रनगरमा युथ भ्वाइस क्लवसंग आबद्ध भएर पनि उनी परोपकारको कर्मलाई निरन्तरता दिइन्। उनले लामो समय अनाथालयमा स्वयमसेवकको भूमिका पनि निर्वाह गरिन्।

‘बुबा नहुँदा भोगेको पीडालाई सम्झेर त्यस्तो समस्या कसैले भोग्नु नपरोस् भनेर उनीहरुको पक्षमा भलोको काम गर्ने भावना जाग्यो,’ उनले भनिन्, ‘त्यसपछि यो कर्ममा लागेको हो। जीवरभर कल्याणको काम गर्ने इच्छा छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय