
काठमाण्डौ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ कोविशेष समारोहमा बागमती प्रदेशका मुख्य मन्त्री माननीय बहादुर सिंह लामा तामाङज्यूबाट नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गर्दै सुरक्षित समाज निर्माणको पवित्र लक्ष्य प्राप्तिमा कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी अपराध अनुसन्धानको क्षेत्रमा समेत उत्कृष्ट कार्य गर्नुभएकोमा – इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीलाइ कदरस्वरुप “उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार” प्रदान गरिएको छ।
अविरल वर्षाका कारण काभ्रे जिल्लाको विपद व्यवस्थापनको क्षेत्रमा आफ्नो ज्यानको पर्वाह नगरीअहोरात्र खटिइ बिपि राजमार्गमा अलपत्र ७,०००० भन्दा बढी यात्रु तथा ७०० भन्दा बढि गाडिहरुको सकुशल उद्दार गर्दे समग्र बिपद व्यावस्थापनमा उहाँले पुर्याउनु भएको योगदानको नेपल प्रहरी भित्रमात्र नभइ आम नागरिकको समेत चर्चाको बिषय बनेको छ |




