बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै बाजुरामा २६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराले निर्वाचनका क्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पाँच जना प्रहरी निरीक्षकसहित २६ जनालाई अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरेको हो।

पुरस्कृत हुने प्रहरी निरीक्षकहरूमा दीपक धामी, विक्रम साह, लक्ष्मीराज जोशी, सिताराम विष्ट र मिनबहादुर धामी रहेका छन्। यसका साथै अन्य २१ जना प्रहरी कर्मचारीलाई पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान गरिएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा खटिएका कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूर्ण रूपमा पालना गर्दै निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनीहरूले उच्च अनुशासन, इमान्दारिता र कर्तव्यनिष्ठताका साथ विभागीय आदेशको पालना गर्दै त्रुटिरहित कार्यसम्पादन गरेको भन्दै उनीहरूको लगनशीलता र उत्कृष्ट योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको जनाइएको छ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को परिच्छेद १५ अन्तर्गत नियम १९७ को देहाय (ग) बमोजिम प्रोत्साहनस्वरूप उक्त नगद पुरस्कार प्रदान गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय