
काठमाडौँ — नेपाल प्रहरीमा आफ्नो पेशागत मर्यादा कायम राख्दै महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रहरी निरीक्षक रचिता चौधरी यादवलाई ७० औं प्रहरी दिवस २०८२ को अवसरमा कदर स्वरुप “उत्कृष्ट महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानकर्ता” पुरस्कार प्रदान गरिएको छ।
प्रहरी निरीक्षक चौधरी, जिल्ला प्रहरी कार्यालय मोरङमा दरबन्दी कार्यरत रहि आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानमा उत्कृष्ट कार्य प्रदर्शन गर्दै आएकी छन्।

कोशी प्रदेश प्रहरी प्रमुख, डिआईजी ईश्वर कार्कीले उनलाई पुरस्कार प्रदान गर्दै नेपाल प्रहरीको पेशागत कार्यक्षमता र योगदानको प्रशंसा गरेका छन्।
यस पुरस्कारले महिला अनुसन्धानकर्ताहरूलाई प्रोत्साहित गर्दै प्रहरी सेवा र समाजबीचको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



