कोशी प्रदेश — प्रहरी दिवसको अवसरमा प्रदान गरिने १ लाख धनराशीको एघारौं “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” यस वर्ष इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक दिवश कुँवर र जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी नायव निरीक्षक निर बहादुर खडकालाई प्रदान गरिएको छ।

कोशी प्रदेश अन्तरगत वर्षभरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीमध्ये दुवै जना सर्वोत्कृष्ट छनोट भएका थिए। उत्कृष्ट कार्य, इमानदारी, अनुशासन, समाजमा शान्ति–सुरक्षा कायम राख्ने र आम नागरिकप्रति प्रहरीको छवि उच्च बनाउने कार्यको मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दुवैलाई १ लाख धनराशीको पुरस्कार प्रदान गरेको हो।

पुरस्कार प्रदान कार्यक्रममा अक्षयकोषका संस्थापक तथा बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रोफेसर डा. बिक्रम प्रसाद श्रेष्ठले धनराशीको चेक प्रदान गरे भने प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

पुरस्कृत प्रहरी निरीक्षक दिवश कुँवर र नायव निरीक्षक निर बहादुर खडकाले आफूहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै, भविष्यमा अझ बढी जिम्मेवार भएर पदीय दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय