
विराटनगर । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी, सुनसरीका प्रहरी निरीक्षक दिवश कुँवरलाई “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रदान गरेको छ।
गम्भीर तथा जघन्य प्रकृतिका अपराध अनुसन्धानमा उल्लेखनीय योगदानका लागि कुँवरलाई नगद रु. ५०,००० सहितको उक्त पुरस्कार प्रदान गरिएको हो। प्रमाणपत्रमा कुँवरको कार्यको उच्च मूल्याङ्कन गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना गरिएको छ।

उक्त पुरस्कार प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले हस्तान्तरण गर्नुभयो भने कार्यक्रमका संस्थापक प्रा. डा. बिक्रम प्रसाद श्रेष्ठले साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कारको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नुभएको थियो।



