
हेटौंडा । ७०औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजाललाई शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यमा पुर्याएको उल्लेखनीय योगदानका लागि प्रशंसा पत्र प्रदान गरिएको छ।
प्रहरी दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा रिजाललाई प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुण पौडेलले प्रशंसा पत्र प्रदान गर्नुभएको हो।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका एसपी रिजालले जिल्लामा शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा देखाउनुभएको सक्रियता, रणनीतिक नेतृत्व र जनमुखी कार्यशैलीको उच्च मूल्याङ्कन गरिएको छ।
कार्यक्रममा बागमती प्रदेश प्रहरीका वरिष्ठ अधिकारीहरूले एसपी रिजालको कार्यसम्पादनलाई प्रहरी संगठनको अनुकरणीय उदाहरणका रूपमा प्रस्तुत गर्दै निरन्तर प्रेरणा र उत्साह प्रदान गर्ने कार्यको प्रशंसा गरेका थिए।



