सुरक्षा सरोकार— इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डिएसपी विकास बमलाई असार महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित गरिएको छ। कार्य सम्पादनको मूल्याङ्कनका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले उनलाई नगद पुरस्कारसहित सम्मानित गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी हेरम्ब शर्माले एक समारोहका बीच डिएसपी बमलाई नगदसहित ‘उत्कृष्ट प्रहरी’को अवार्ड प्रदान गरेका हुन्।

डिएसपी बमले बर्दिबास क्षेत्रमा जघन्य अपराध नियन्त्रण, अवैध हातहतियार नियन्त्रण, लागूऔषध कारोबारमा नियन्त्रण, तथा अबैध रूपमा संचित चाँदी बरामद गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, उनले पुराना अपराधहरूको सफल अनुसन्धान, भन्सार चोरी तथा अनियमित निकासी–पैठारी नियन्त्रण जस्ता कार्यमार्फत राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय