
दार्चुला — सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखज्यूले जिल्ला प्रहरी कार्यालय दार्चुलामा निरीक्षण गर्नु भएको छ।
निरीक्षणका क्रममा प्रमुखज्यूले सीमावर्ती जिल्लाको समग्र सुरक्षा अवस्था, अन्तर्राष्ट्रिय सीमाको निगरानी, प्रहरी कर्मचारीहरूको मनोबल, आचरण–व्यवहार, सेवा प्रवाह र अपराध अनुसन्धानको स्थितिबारे विस्तृत जानकारी लिनुभयो।

त्यसैगरी, उहाँले जेन–जी आन्दोलनका क्रममा भएको क्षति, त्यसपछि उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असामाजिक गतिविधिप्रति विशेष चासो व्यक्त गर्दै प्रशासनिक सुधार र आवश्यक निर्देशनहरू प्रदान गर्नुभएको छ।
सुरक्षा प्रमुखले निरीक्षणको क्रममा प्रहरी कर्मचारीलाई उच्च अनुशासन, सक्रियता र जनसरोकारमा संवेदनशीलता अपनाउन आग्रह गर्नुभयो। साथै, सीमापारको गतिविधि निगरानी र जनसुरक्षा व्यवस्थापनमा समन्वय र तत्परता आवश्यक रहेकोमा जोड दिनुभयो।



