लुम्बिनी- लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डिआईजी भुपेन्द्र बहादुर खत्रीले निरीक्षण भ्रमणको क्रममा प्युठान जिल्ला पुगेर जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइहरूको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको छ।

निरीक्षणपश्चात आयोजित निर्देशन कार्यक्रममा डिआईजी खत्रीले भर्चुअल (विद्युतीय) माध्यममार्फत जोडिएका मातहतका प्रहरी कर्मचारीहरूलाई समेत प्रहरीको व्यवसायिकता, जनतासँग गर्नुपर्ने व्यवहार, प्रहरी प्रतिबद्धता तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा प्रहरीले निर्वाह गर्नुपर्ने भूमिका, कर्तव्य र अधिकारका विषयमा स्पष्ट निर्देशन दिनुभएको थियो।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी नरहरी अधिकारीले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट गरिएका प्रयासहरूबारे डिआईजी खत्रीसमक्ष जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय