काठमाण्डौं— सर्लाही जिल्लाको लालबन्दीमा सञ्चालन भइरहेको दोस्रो लालबन्दी महोत्सवमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाही (नवलपुर) द्वारा ट्राफिक सचेतनामूलक स्टल स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

महोत्सव अवलोकन गर्न आउने व्यक्तिहरूलाई ट्राफिक नियम, दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि ध्यान दिनुपर्ने विषयमा जानकारी प्रदान गर्न विभिन्न सचेतनामूलक सामग्री प्रदर्शन गरिएको छ। स्टलमार्फत ट्राफिक चिन्ह तथा संकेत, ट्राफिक नियन्त्रणका विभिन्न उपकरण (Traffic Control Device), श्रव्य-दृश्य सामग्री (Short Video) प्रदर्शनी गरिएको छ भने पर्चा तथा पम्प्लेटहरू वितरण गरिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय