
नेपालको राजनैतिक परिदृश्यहरूलाई यसरी चित्रण गर्न सकिन्छ ः-
१=नेपाल कम्युनिस्ट पार्टीका माओवादीका अदक्ष्य प्रचण्डलाई आफू भन्दा कनिष्ठ सदस्यले चुनोैति दिएको परिप्रेक्ष्यमा प्रचण्ड राजनैतिक रुपबाट जिबनको अन्तिम अबस्थामा केपी ओलीको शेष पछि नेपालको कम्युनिस्ट आन्दोलन समाप्त हुने दिशामा अगाडि बढिरहेको छ।
२=२०१५ साल देखि राजनिती नेताहरुको क्षमता हेर्दा खेरि माहामानब बिपी कोइराला को जस्तो राजनैतिक एजेन्डा बलियो अहिलेसम्म कसैको छैन।
३=शासन ,सत्ता र संस्था शक्तिले चल्दैन ।त्यसको लागि नैतिक शक्ति र साहस चाहिन्छ ।
४=नेपालका राजनैतिक दलहरुको एक अर्को बिरुद्ध target fixed र बदलाबको भाब छ।
५=साम्यवाद , समाजबाद,काङ्ग्रेस र कम्युनिस्ट देखि बाट वाक्क दिक्क छन आम नेपाली जनता ।मुलुक नदेखिने गरि बिस्टोफक अबस्थामा पुगिसकेको छ।
६ = समाजबादको परिभाषा राजनितिक दल अनुसार फरक फरक छ।संबिधानमा समाजबाद उन्मुख भनेर लेखिन्छ तर समाजबादको गन्तव्य र कार्यन्वयन बारे मोैन छ।
७= केही गरी सत्तामा तलमाथि हुन पुग्यो भने रबी लामीछानेको ढोकामा राजनैतिक दलका नेताहरु पुग्नेछन् ।
८= काङ्ग्रेस भनेको शेर बाहादुर ,शेर बाहादुर भनेको काङ्ग्रेस हो भने केपी ओली भनेको नै सम्पूर्ण रुपमा एमाले नै हो।नेपाली काङ्ग्रेसका माहामन्त्रीहरु द्दय काङ्ग्रेसका अङ्ग बन्न सकेनन् ।सत्ता परिबर्तनमा शेर बाहादुर देउबा आरजुको साथमा पर्यटन ब्यबसायी एबम मिडिया कर्मि रामेश्वर थापाको मध्यस्थतामा केपी ओली सँग बार्ता भएर सत्ता परिवर्तन भएको छ।
९= अगामी आम चुनाब २०८४ मा नेपाली काङ्ग्रेसका कार्यकर्ताले उम्मेदवार हुन चाहने हो भने अर्थको बलियो थैलि सहित आरजु र रामेश्वर थापाको सेबामा धनुष्टकार नमस्कार गर्नु पर्न हुन्छ।
१०=सुजता कोइरालालाई मन्त्री बनाउदा सुशील कोइरालाले गिरिजा बाबू समक्ष असहमति जनाएका थिए भने हाल आरजु देउबालाई मन्त्री बनाउदा असहमति जनाउने कोहि माइकालालको साहस छैन।जसको नेपाली काङ्ग्रेसमा केही योगदान छैन।उहीँ नै आरजु हाम्रो काङ्ग्रेस भनेर उफ्रिदै छन झोले कार्यकर्ताहरु।
११= अमेरिकी बहालवाला राष्टपती वाइडेनलाई पुन राष्टपतिमा उठाउदा डेमोक्रेटिक पार्टीले चुनाब हार्छ भनेर कमला हा्यारिसलाई तानाशाह एबम सन्काहा ट्रम्प बिरुद्ध उठाउनको लागि त्यहाँका राजनैतिक दलका कार्यकर्ताहरु सफल भए।यदि यहाँ ओली र देउबालाई चुनोैती दिन सक्ने कोहि छैनन् ।यदि दिएको खण्डमा भोलि देखि नै राजनैतिक बेरोजगार बस्नु पर्नैछ।
१२= परिवर्तन केही भएको छ।हिजोका कार्यकर्ताहरु गुन्द्रुक ,मोहि,भात र पिँडालु प्रिय थियो अहिलेका कार्यकर्ता बियर रक्सि मासु प्रिय छ।पहिला नेताको आदेशमा मर्न र मार्न जान्थे।तर नेताले केही गल्ती गर्नासाथ सामाजिक संजाल मार्फत तितो पोख्ने काम गर्दछन।
लेखक– राजेन्द्रबाबु रेग्मी नेपाल प्रहरीका अवकास प्राप्त एसपी हुनहुन्छ ।




